१२ असार २०८३, शुक्रबार

पृथ्वी राजमार्गमा बढ्यो सवारी दुर्घटना

पृथ्वी राजमार्गमा बढ्यो सवारी दुर्घटना
प्रतिकात्मक तस्वीर

दमौली– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालकिा वडा नं ४ बुल्दीपुल नजकि गत फागुन १८ गते बस र कार ठोक्किँदा कारमा सवार दुई जनाको मृत्यु भयो । त्यसको तीन दिनपछि व्यास नगरपालिका वडा नं १२ घाँसीकुवामा सडकबाट जीप खस्दा दुईको मृत्यु हुनुका साथै ११ घाइते भए । 

फागुन २६ गते रिसिङि गाउँपालकिा वडा नं ६ सार्कीचौतारास्थित भित्री कच्ची सडकखण्डमा ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु हुनाकासाथै सात घाइते भए । चैत २३ गते पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालकिा–२ नारीघाटमा यात्रुवाहक बस र ट्रक ठोक्किँदा बसमा सवार १३ जना घाइते भए । 

चालू आर्थिक वर्षको नौ महिनाको तथ्याङ्कअनुसार जिल्लामा अत्यधिक सवारी दुर्घटना भएको देखएिको छ । पृथ्वीराजमार्ग र भित्री सडकखण्डमा सो अवधिमा सवारी दुर्घटनामा परी ५२ जनाको मृत्यु भएको थियो । सवारी साधनको तीव्र गति, खाल्डाखुल्डी सडक, पैदलयात्रीको लापर्वाहीजस्ता कारणले सवारी दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या बढेको हो ।

जल्लिा ट्राफकि कार्यालयका प्रमुख पूर्णबहादुर अधिकारी तीव्र गतिमा सवारी चलाउनाले  दुर्घटना बढेको बताउँछन् । उनका अनुसार तीव्र गतिमा सवारी साधन चलाउने, एकअर्काबीच प्रतिस्पर्धा, सडकमा खाल्डाखुल्डी लगायतले सवारी दुर्घटना बढेको हो । उनी भन्छन्, “सडकसमेत ठाउँठाउँमा भत्किएको छ, समयमै मर्मत नहुँदा मोटरसाइकल र स्कुटर बढी  दुर्घटनामा पर्ने गरेको छ ।”

पृथ्वीराजमार्गको ७२ कमिी भाग तनहुँ जिल्लामा पर्दछ । पृथ्वीराजमार्ग र ग्रामीण भेगमा यो अवधमिा ९६ वटा दुर्घटना भएकामा २०५ घाइते भएका छन् ।

वैशाख महिनामा मात्रै आठ दुर्घटना भएकामा दुईको मृत्यु हुनाका साथै २७ घाइते भएको उक्त कार्यालयले जनाएको छ ।

अघिल्लो आर्थिक वर्षमा ११२ सवारी दुर्घटनामा ६५ ले ज्यान गुमाएका र १६१ घाइते भएका  थिए ।  अधिकारीका अनुसार सबैभन्दा बढी दुर्घटनामा मोटरसाइकल त्यसपछि बस, जीप, ट्रक, ट्र्याक्टर र माइक्रोबस परेका छन् । 

पृथ्वीराजमार्गको कोत्रे, खैरेनीटार, अकला, गुणादी, कमलाबारी, नाहाला, वमिलनगर, पावरहाउस, बरादी, एक्लेफाँट, सत्रसय, मार्कीचोक, आँबुखैरेनी क्षेत्रमा बढी दुर्घटना हुने गरेको छ ।

दुर्घटना बढी हुने २८ ठाउँमा कन्भेक्स ऐनासमेत राखिएको छ ।

ट्राफिकले तीव्र गतमिा हुइँकिने सवारी निन्त्रणका लागि राजमार्गमा राडर गनमार्फत गति मापन गर्दा समेत दुर्घटना न्यूनीकरण हुन नसकेको कार्यालय प्रमुख अधिकारी बताउँछन् ।

उनका अनुसार जिल्लामा दैनिक सात स्थानमा ट्राफकि जाँच हुँदै आएको छ । 

ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरणका लागि सचेतनाका कार्यक्रमसमेत सञ्चालन गर्दै आएको जनाएको छ ।

सवारी दुर्घटनालाई न्यूनीकरण गर्न पैदलयात्री, सवारी चालक, यातायात व्यवसायी र विद्यालयका वद्यिार्थीलाई ट्राफकि नयिमसम्बन्धी चेतनामूलक प्रशक्षिणसञ्चालन गरएिको कार्यालय प्रमुख अधिकारी जानकारी दिन्छन् ।

salt training

कमेन्ट गर्नुहोस्