
काठमाडौं– प्रहरीले ३४ लाख ९९ हजार ३ सय रुपैयाँसहित हुण्डी कारोबार गर्ने ३ जना पक्राउ परेका छन् ।
आइतवार काठमाडौंको चाबहिल गणेशथानबाट उनीहरूलाई नगदसहित पक्राउ गरेको हो ।
प्रहरीले उनीहरूको साथबाट पैसा गन्ने मसिन पनि बरामद गरेको छ ।
उनीहरूले दुबईबाट पैसा ल्याउने र नेपालमा बाँड्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।
यसबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।