०५ असार २०८३, शुक्रबार

अमेरिकी राजदूतले ‘जनतासँग गफगाफ’ गर्ने निर्णय गरेपछि...

जेठ ८, २०७६
अमेरिकी राजदूतले ‘जनतासँग गफगाफ’ गर्ने निर्णय गरेपछि...

काठमाडौं– अमेरिकी राजदूत रेण्डी बेरीले सुरु गर्न लागेको ‘राजदूतसँग गफगाफ’ प्रति परराष्ट्र मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ । 
आगामी सोमबारदेखि नेपाली समाजसँग प्रत्यक्ष संवाद गर्ने भन्दै राजदूत बेरीले फेसबुक पेजमा भिडियो सन्देश प्रसार गरेका थिए । त्यसबारे सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आएपछि परराष्ट्र सचिव शंकर वैरागी दाहालले त्यसबारे मन्त्रालयलाई ध्यानाकर्षण भएको उल्लेख गर्दै भने, ‘यसरी स्वेच्छाले एउटा कुटनीतिक अधिकारीले संवाद गर्न मिल्दैन ।’ उनले यसबारे आवश्यक सोधखोज गर्ने भएको पनि आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ।  
 

salt training

कमेन्ट गर्नुहोस्