
सामान्य विवादमा जघन्य अपराध नेपाली समाजमा बढ्दै गएको छ । प्रहरीका अनुसार हत्याका घटनामध्ये झण्डै ४० प्रतिशत आफन्तबाटै भएका छन् ।
आजको नयाँ पत्रिका दैनिक लेख्छ–समाजका मूल्यमान्यता फेरिँदै गएको र बिचलन बढ्दा आफन्तभित्रै हत्याका घटना बढेको प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेल बताउँछन् । गत साउनदेखि माघसम्म सात महिनामा देशभर ४९२ व्यक्तिको हत्या भएको तथ्यांक छ । तथ्यांकअनुसार ६७ पुरुषले श्रीमतीको हत्या गरेका छन् भने ६ पुरुष श्रीमतीबाट मारिएका छन् ।