०५ असार २०८३, शुक्रबार

प्रहरीलाई १० रुपैयाँदेखि ४५ सयसम्म घुस, ११४ जना पक्राउ

जेठ ८, २०७६
प्रहरीलाई १० रुपैयाँदेखि ४५ सयसम्म घुस, ११४ जना पक्राउ

उपत्यकाभित्र ड्युटीमा रहेका प्रहरीलाई घुस दिन खोज्ने एक सय १४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने अधिकांश चालक छन् । महानगरीय प्रहरी कार्यालय रानीपोखरीको तथ्यांकअनुसार पक्राउ परेकाले प्रहरीलाई  १० रुपैयाँदेखि चार हजार पाँच सय रुपैयाँसम्म घुस दिन खोजेका थिए ।

पछिल्लो ६ महिनामा टिपर, बस, ट्रक, ट्याक्सी र बलेरोका गरी ९३  चालक र ६ जना सहचालक पक्राउ परेका हुन् । १५ जना मोटरसाइकलचालक पनि पक्राउ परेका छन् ।  प्रहरीलाई घुस दिन खोजिएको रकम ८२ हजार दुई सय १० रुपैयाँ पुगेको छ । नयाँ पत्रिकामा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्