११ साउन २०८३, सोमबार

यूनिभर्सल इन्स्टिच्यूट अफ एडभान्स स्टडिज र कामना सेवा विकास बैंकबीच विशेष छुट पाउने सम्झौता

यूनिभर्सल इन्स्टिच्यूट अफ एडभान्स स्टडिज र कामना सेवा विकास बैंकबीच विशेष छुट पाउने सम्झौता

भैरहवा- कामना सेवा विकास बैंक लिमिटेड र यूनिभर्सल इन्स्टिच्यूट अफ एडभान्स स्टडिज एण्ड रिसर्च प्रा.लिबीच उपचारमा विशेष छुट पाउने गरी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

यस सम्झौताअनुसार अब यस बैंकका प्रिपेड/डेबिट कार्डका ग्राहकहरूले यूनिभर्सल इन्स्टिच्यूट अफ एडभान्स्ड स्टडिज एण्ड रिसर्च प्रा.लि मा उपचार गराउँदा विशेष छुट पाउने छन् । सम्झौतासँगै बैंकको व्यवसाय प्रवर्द्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरू लाभान्वित हुने बैंकले जनाएको छ ।

सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट भैरहवा शाखाका शाखा प्रबन्धक तुल्सी प्रसाद आचार्य र यूनिभर्सल इन्स्टिच्यूट अफ एडभान्स्ड स्टडिज एण्ड रिसर्च प्रा.लिको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत अजय कुमार पी.एसले हस्ताक्षर गरेका थिए । 

देशका विभिन्न भागमा ८४ वटा शाखा तथा ३९ वटा एटीएम मार्फत ग्राहकहरूलाई आफनो सेवाहरू प्रदान गर्दै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्