११ असार २०८३, बिहीबार

आज राष्ट्रपतिलाई स्वागत गर्न तयार पिच बुधबार साँझै पानीले भत्कायो

जेठ ९, २०७६
आज राष्ट्रपतिलाई स्वागत गर्न तयार पिच बुधबार साँझै पानीले भत्कायो
फाइल तस्बिर

काठमाडौं–राष्ट्रपति विद्यादेवी भण्डारीको स्वागतका लागि ओखलढुंगा सदरमुकाममा हतारमा गरिएको पिच केही घण्टामै भत्किएको छ । 

सडकमा वर्षौँदेखि परेको खाल्डाखुल्डी पुर्दै बुधबार गरिएको पिच साँझ आएको मुसलधारे पानीले बगाएको हो । 

सिद्धिचरण पार्क, गणेश मन्दिर चोक, नयाँ हुलाकमार्ग, भैरव टोल, पुरानो हुलाक डाँडादेखि रामबजारसम्मका दर्जनौं खाल्डा पुर्दै दिनभर पिच गरिएकोमा अधिकांश पिच साँझको पानीले बगाएको हो ।

युगकवि सिद्धिचरण श्रेष्ठको जन्मजयन्तीको अवसरमा उनको पूर्णकदको शालिक र स्रष्टापार्क उद्घाटनका लागि बिहीबार राष्ट्रपति ओखलढुंगा आउने कार्यक्रम रहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्