०५ असार २०८३, शुक्रबार

अमेरिकी राजदूतलाई सरकारले सोध्यो स्पष्टीकरण

जेठ ९, २०७६
अमेरिकी राजदूतलाई सरकारले सोध्यो स्पष्टीकरण

काठमाडौं–नेपाली जनतासँग सामाजिक सञ्जालमा प्रत्यक्ष अन्तरसंवाद गर्ने उद्घोषपछि विवादमा आएका अमेरिकी राजदूत र्यान्डी बेरीलाई परराष्ट्र मन्त्रालयले बोलाएर जानकारी लिएको खबर कान्तिपुर दैनिकमा छापिएको छ । 

परराष्ट्र सचिव शंकरदास बैरागीले बुधबार दिउँसो मन्त्रालयमा बोलाइएका राजदूत बेरीसँग करिब आधा घण्टा ‘राजदूतसँग गफगाफ’ कार्यक्रमलगायत विषयमा जिज्ञासा राखेका थिए ।

सचिव बैरागीले राजदूत बेरीसँग मन्त्रालयमा भेटवार्ता भएको पुष्टि गरे पनि कुराकानीबारे  बताउन मानेनन् । कुराकानी नेपाल–अमेरिका द्विदेशीय हितबारे केन्द्रित रहेको प्रतिक्रियामात्र दिए ।

राजदूत बेरीको फेसबुक भिडियो सन्देश सार्वजनिक भएलगत्तै सचिव बैरागीले मंगलबार ‘यसरी स्वेच्छाले एउटा कूटनीतिक अधिकारीले संवाद गर्न नमिल्ने’ प्रतिक्रिया दिएका थिए । परराष्ट्र स्रोतका अनुसार बेरीले नेपाल र नेपाली जनतासँग अमेरिकी सरकार जोडिएको ७२ वर्ष भइसकेको भन्दै कूटनीतिको एउटा अंगका रूपमा आपसी संवाद र परामर्श जारी रहेको सचिव बैरागीलाई स्पष्ट पारेका थिए ।

उनले ‘राजदूतसँग गफगाफ’ अहिलेसम्म जारी रहेका अमेरिकी सहयोगका कार्यक्रम तथा अमेरिकी शासन प्रणाली, शिक्षा र पद्धतिमाथि सर्वसाधारणका सरोकारबारे एकमुष्ट जानकारी दिने ‘प्लेटफर्म’ मात्रै रहेको भन्दै ‘यसलाई अन्यथा रूपमा नलिन’ आग्रह गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्