काठमाडौं – मध्य प्रदेशको भोपालबाट लोकसभा चुनाव लडिरहेकी भाजपा उम्मेदवार साध्वी प्रज्ञा २० हजार भोटका साथ अग्रस्थानमा छिन् ।
उनको विरुद्ध उठेका पूर्व मुख्यमन्त्री तथा कांग्रेस उम्मेदवार दिग्विजय सिंह पछाडि परेका छन् ।
साध्वी प्रज्ञालाई बम विस्फोटको घटनामा आरोप लगाएर हिन्दू आतंकवादीको संज्ञा दिएर बदनाम गरिएको थियो । भाजपाले उनलाई उम्मेदवार बनाउँदा पार्टीको आलोचना भएको थियो ।
एजेन्सी