०७ असार २०८३, आइतबार

बनारसमा मोदीको राजतिलक, दिइयो सन्तको उपाधि

बनारसमा मोदीको राजतिलक, दिइयो सन्तको उपाधि

काठमाडौं – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको संसदीय क्षेत्र बनारसमा लोकसभा चुनाव परिणाम आउनुअघि भाजपा कार्यकर्ताहरूले उनको सांकेतिक राजतिलक कार्यक्रम आयोजना गरेका छन् ।

बनारसका अस्सी इलाकामा रहेको स्थिति मुमुक्षु भवनमा भएको कार्यक्रमा दण्डी संन्यासी र काशी विद्वत् परिषद्का सदस्यहरूले भाग लिए । त्यस क्रममा संन्यासीहरूले मोदीलाई सन्तको संज्ञा दिए । 

परिषद्का महासचिव आचार्य रामनारायण द्विवेदीले भने, ‘मोदी फेरि प्रधानमन्त्री हुने कुरामा कुनै सन्देह छैन । त्यसैले काशीमा उनको राजतिलक आयोजित गरिएको छ ।’

उनले मोदीलाई सन्तको उपाधि दिए र उनी जस्तो सन्तले मात्र केदारनाथको कठिन इलाकामा साधना गर्न सक्ने बताए । 

परिषद्ले काशी विश्वनाथ कोरिडोरलाई छिट्टै सक्न, अयोध्यामा राम मन्दिर बनाउने र संविधानको अनुच्छेद ३७० को अन्त्य गर्न र समान नागरिक संहिता लागू गर्न जोड दिए । 

संन्यासीहरूले प्रधानमन्त्री मोदीलाई आगामी कार्यकालका लागि राजतिलक गर्दा मिठाइ बनाउनेहरू एनडीएको जीतको उत्सवलाई पूर्णतया मनाउनका लागि जुटिरहेका छन् ।

एजेन्सी

कमेन्ट गर्नुहोस्