१२ असार २०८३, शुक्रबार

कन्हैया कुमार ८० हजार भोटले पछाडि

कन्हैया कुमार ८० हजार भोटले पछाडि

काठमाडौं – बिहारको बेगुसरायमा कम्युनिस्ट पार्टी अफ इन्डियाका उम्मेदवार कन्हैया कुमार ८० हजार भोटले पछि परेका छन् । 

पहिलोपटक चुनाव लडेका कन्हैया भाजपाका केन्द्रीय मन्त्री गिरिराज सिंहभन्दा ८० हजार भोटले पछि परेका हुन् । 

बेगुसराय सीट कुनै बेलामा कम्युनिस्ट पार्टीको गढ थियो । उसले सन् १९५६ देखि १९९६ सम्म जीत हासिल गरिरहन्थ्यो । 

तर सन् २०१४ मा उसले त्यहाँ जीत हासिल गरेन अनि पछिल्लो विधानसभा चुनावमा पनि सात ठाउँमा उठेर सातैमा पराजय बेहोरेको थियो । 

गिरिराज सिंह र राष्ट्रिय जनता दलका नेता तनवीर हसनविरुद्ध उठेका कन्हैयाले कम्युनिस्ट पार्टीलाई पुनरुत्थान गर्ने आशा गरिएको थियो ।

भारतको संसद् भवनमा आक्रमण गरेकोमा आरोपित अफजल गुरुलाई मृत्युदण्ड दिइएको विरोधमा आयोजित कार्यक्रममा भारतविरोधी नारा लगाएको आरोपमा देशद्रोहको मुद्दा लगाएर पक्राउ गरिएको थियो । त्यसपछि उनको राष्ट्रिय छवि बनेको थियो । 

विद्यावारिधि गरिरहेका कन्हैयालाइै जेलमा राखिँदा उनले विद्यार्थी र कार्यकर्ताहरूको समर्थन प्राप्त गरेका थिए । तर केही व्यक्तिको नजरमा उनी राष्ट्रविरोधी व्यक्ति हुन् र उनको उद्देश्यका सम्बन्धमा केहीले प्रश्न उठाइरहेका छन् । 

वरिष्ठ वामपन्थी नेताहरू राष्ट्रिय महासचिव डी राजाले कन्हैयाका लागि चुनाव प्रचार गरेका थिए । सीपीएमका महासचिव सीताराम येचुरी, लेखक जावेद अख्तर, अभिनेता प्रकाश राजले पनि बेगुसरायमा कन्हैया कुमारका लागि चुनाव प्रचार गरेका थिए । 

बेगुसरायमा चौथो चरणमा मतदान भएको थियो ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्