
एजेन्सी- बलिउड अभिनेता विवेक ओबरायलाई बुधवार ज्यान मार्ने धम्की आएको छ । धम्कीपछि प्रहरीले उनलाई सुरक्षाको बन्दोबस्त गराएको छ ।
बताइएअनुसार माओवादीले उनलाई ज्यान मार्ने धम्की दिएको हो । विवेकले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बायोपिकमा मुख्य भूमिका निभाएका कारण धम्की आएको बताइएको छ ।
विवेकका प्रवक्ताले धम्कीपछि उनलाई प्रहरीले सुरक्षा दिएको कुरा पुष्टि गरे ।
विवेक एक ट्वीटका कारण अझै पनि विवादमा छन् । उनले ऐश्वर्या राय बच्चनलाई लक्षित गरेर मीम सामाजिक सञ्जाल ट्वीटरमा पोष्ट गरेका थिए ।
बलिउडका प्राय: सेलिब्रिटीले विवेकको आलोचना गरेका थिए । त्यसपछि उनले माफी पनि मागेका थिए ।