
काठमाडौं – भारतको कांग्रेस पार्टीका अध्यक्ष राहुल गान्धीले केरलको वायानाड लोकसभा निर्वाचन क्षेत्रमा कीर्तिमान अन्तरसहित जीत हासिल गरेका छन् ।
उनले १२ लाख ७६ हजार ९४५ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी कम्युनिस्ट पार्टी अफ इन्डियाका पीपी सुनीरलाई हराए । सुनीरले ४ लाख ७७ हजार ७८३ मत ल्याए ।
गान्धीले लगभग ८ लाख भोटका साथ जीत हासिल गरेर कीर्तिमान बनाएका हुन् ।
राहुलको जीतपछि कांग्रेस कार्यकर्ताहरूले पटाका पड्काए अनि उनलाई बधाई दिँदै नारा घन्काए ।
राहुल यसपालि दुई सीटबाट उठेका हुन् । अमेठी सीटमा भने उनी भाजपाकी स्मृति इरानीभन्दा पछाडि परेका छन् ।
एजेन्सी