काठमाडौं – भारतमा लोकसभा चुनावको परिणामको रुझान आइरहँदा जीतहारको छिनोफानो भइरहेको छ ।
भाजपा र सहयोगी दलहरूले चुनावमा भव्य जीत हासिल गरेका छन् । भाजपा एक्लैले ३०० भन्दा बढी जीत हासिल गर्ने लक्षण देखाएको छ ।
चुनाव परिणामको तस्वीर स्पष्ट हुँदै जाँदा विपक्षी दलहरूले ईभीएमका विषयमा बयान दिन थालेका छन् ।
उत्तरी मुम्बईबाट कांग्रेस उम्मेदवार बलिउड अभिनेत्री उर्मिला मातोडकर हारेकी छन् । हारपछि उनले ईभीएममा गडबडी पत्ता लागेको बताए ।
उर्मिलाले भनिन्, ‘म गोपाल शेट्टीलाई जीतको बधाई दिन्छु । हामीले ईभीएममा गडबडी गरिएको थाहा पाएका छौं । हामीले यसबारेमा रिपोर्ट तयार पारेका छौं र साँझासम्म रिपोर्ट चुनाव आयोगलाई सुम्पिन्छौं ।’
विपक्षीहरूले ईभीएममा गडबडीको आशंका जताएपनि चुनाव आयोगले त्यसलाई खारेज गरेको छ ।
एजेन्सी