१८ असार २०८३, बिहीबार
लोकसभा निर्वाचन

अपडेटः मतगणना अन्तिम चरणमा, भाजपाले ३४५ सिट जित्दा काँग्रेसले ९६ सिट जित्यो

अपडेटः मतगणना अन्तिम चरणमा, भाजपाले ३४५ सिट जित्दा काँग्रेसले ९६ सिट जित्यो

काठमाडौं– भारतीय लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) गठबन्धनले भारी बहुमत ल्याएको छ । सो पार्टीले नतिजा अन्तिम चरणमा पुग्दा ३४४ सिटमा जित हासिल गर्नुका साथै थप ८ स्थानमा अग्रता कायमै बनाएको छ । 

यस्तै काँग्रेसले ९६ स्थानमा मात्रै जित हासिल गरेको छ । 

यसैगरी समाजवादी पार्टी र बहुजन समाज पार्टीको गठबन्धनले १५ सिट जितेको छ भने तृणमुलले २२ सिटमा जित दर्ता गराएको छ । 

यस्तै अन्य साना पार्टीले ४५ सिटमा जित हासिल गर्दा यो चुनावबाट हालसम्म नै भाजपालाई १७ सिट बढी मिलिसकेको छ । गत निर्वाचनमा भाजपाले जम्मा ३३६ सिट जितेको थियो । 

यस्तै काँग्रेसको ३२ सिट बढेको छ भने तृणमुलको नतिजा खस्किएको छ । तृणमुलले गत चुनावमा ३२ सिट जितेको थियो । 

अब १९ सिटको नतिजा मात्रै आउन बाँकी रहँदा भाजपाले बहुमतको सरकार बनाउने निश्चित भएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्