१२ असार २०८३, शुक्रबार

मोदीलाई प्रचण्ड बहुमत, समृद्ध भारत बनाउने संकल्प

जेठ १०, २०७६
मोदीलाई प्रचण्ड बहुमत, समृद्ध भारत बनाउने संकल्प

नयाँदिल्ली–भारतको लोकसभा चुनाव–२०१९ मा भारतीय जनता पार्टी र उसँगको गठबन्धन नेसनल डेमोक्र्याटिक एलाइन्स (एनडिए) ले प्रचण्ड बहुमत हासिल गर्ने निश्चित भएको छ ।

दुई तिहाईको नजिक पुगेको चुनावी नतिजापछि मोदीले दिल्ली मुल्ख्यालयमा आयोजित समारोहमा उक्त जितको दिन आफ्ना समर्थहरुलाई स्वतन्त्रताका सिपाहीहरुको स्मरण गर्न र देशलाई समृद्ध राष्ट्र बनाउने सकल्प गर्ने दिन भएको बताए । 

गरिबको सामान्य आवश्यकता पुरा गर्ने हो भने सन् २०२४ अगाडी देशलाई नयाँ उचाइमा पुर्याउनुपर्ने उनको भनाइ थियो । सरकार बहुमतबाट बन्ने उल्लेख गर्दै यस चुनावलाई नम्रतापुर्वक स्विकार गर्ने धारणा मोदीले राखे । 

मोदीले भने– जनताले सरकार बनाउने बहुमत दिएको छ । तर लोकतन्त्रको संस्कार र उसको स्पिरिटले हामीलाई जिम्मेवारी दिन्छ कि सरकार बहुमतले नै बन्ने हो तर देश सर्वमतले बन्छ । नेपाल समाचारपत्रले यो खबर महत्वकासाथ छापेको छ। 

salt training

कमेन्ट गर्नुहोस्