०५ साउन २०८३, मंगलबार

दिल्लीमा आप र कांग्रेस मिलेर लडेका भए पनि हुने रहेछन् पत्तासाफ !

दिल्लीमा आप र कांग्रेस मिलेर लडेका भए पनि हुने रहेछन् पत्तासाफ !

काठमाडौं – दिल्लीमा भारतीय जनता पार्टीले सबै सात सीटमा भव्य विजय प्राप्त गरेको छ । 

चुनावअघि कांग्रेस र आम आदमी पार्टीबीच गठबन्धनका विषयमा कुरा चलेर अन्तिममा असफल भएको थियो । दुवै दलका नेताले मिलेर चुनाव लडिएमा भाजपालाई अप्ठ्यारोमा पार्न सकिने बताएका थिए । 

तर चुनावी परिणाम घोषित भएपछि कुनै पनि सीटमा दुवै पार्टी मिलेर लडेको भए पनि भाजपालाई हराउन नसक्ने रहेछन् । 

चाँदनी चौक
यहाँ भाजपाका हर्षवर्धनले ५ लाख १९ हजार ५५ भोट पाए भने आपका पंकज गुप्ता र कांग्रेसका जेपी अग्रवालले मिलेर पनि जम्मा ४ लाख ३५ हजार ४६१ भेट ल्याए । 

पूर्वी दिल्ली
यहाँ पूर्व क्रिकेटर गौतम गम्भीर भाजापका तर्फबाट लडिरहेका थिए । आपबाट आतिशी र कांग्रेसबाट अरविन्दर सिंह लभ्ली लडिरहेका थिए । गम्भीरले ६ लाख ९६ हजार १५६ भोट ल्याए । आप र कांग्रेसको भोट मिलाउँदा पनि ५ लाखभन्दा अलिकति बढी मात्र भोट आयो ।

नयाँ दिल्ली
यहाँबाट भाजपाकी मीनाक्षी लेखी दोस्रोपटक चुनाव लडिरहेकी थिइन् । उनले ५ लाख ४ हजार २०६ भोट ल्याइन् । प्रतिस्पर्धीहरू बृजेश गोयल र अजय माकन छेउछाउमा पनि परेनन् । 

उत्तरपूर्व दिल्ली
भाजपाका प्रदेश अध्यक्ष तथा भोजपुरी मनोज तिवारीले ७ लाख ८७ हजार ७९९ भोट पाउँदा कांग्रेसकी शीला दीक्षित र आपका दिलीप पाण्डे निकै तलै रहे । 

उत्तरपश्चिमी दिल्ली
भाजपाले यस सीटमा गायक हंसराज हंसलाई टिकट दिएको थियो । उनले ६०.४९ प्रतिशत भोट पाए । आप र कांग्रेसका उम्मेदवारको भोट मिसाउँदा पनि हंसले उनीहरूभन्दा ३ लाख १७ हजार १५ भोट बढी पाए ।
अरू ठाउँमा पनि यही परिदृश्य रह्यो ।

एजेन्सी 
 

salt training

कमेन्ट गर्नुहोस्