
काठमाडौं –कतारको दोहाबाट नेपाल भित्र्याउन लागिएको २ सुटकेस नक्कली भारतीय रुपैयाँसहित ३ पाकिस्तानी नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा उद्धिन नासिर, अनवर नासिर र अख्तर मोहम्मद छन् । तीनैजना पाकिस्तानी नागरिक रहेको प्रहरीले जनाएको छ ।
उनीहरूले ल्याएको नक्कली भारुको परिमाण भने खुल्न बाँकी छ ।