१४ असार २०८३, आइतबार

कतारबाट काठमाडौं पुर्‍याइएको सुटकेसमा साढे ७ करोड बढी ‘नक्कली’ भारतीय नोट

कतारबाट काठमाडौं पुर्‍याइएको सुटकेसमा साढे ७ करोड बढी ‘नक्कली’ भारतीय नोट

काठमाडौं – युनुस अन्सारीसहित ३ जना पाकिस्तानीलाई काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बरामद सुटकेसमा ७ करोड ६७ लाख ९४ हजार रुपैयाँ नक्कली भारतीय रुपैयाँ रहेको पाइएको छ ।

प्रहरी प्रवक्ता डीआइजी विश्वराज पोखरेलेले सुटकेसमा साढे ७ करोड बढी नक्कली नोट भेटिएको बताए ।

कतारको दोहाबाट नेपाल भित्र्याउँदै गरेको २ सुटकेसमा नक्कली भारतीय रुपैंयाँसहित युनुस अन्सारीसहित उद्धिन नासिर, अनवर नासिर र अख्तर मोहम्मद छन् भने युनुसका चालक र सहयोगी गरी ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

२०७० सालमा ३५ लाख रुपैयाँ नक्कली भारतीय रुपैयाँसहित युनुस अन्सारीलाई ललिपुरबाट प्रहरीको विशेष व्यूरोले पक्राउ गरेको थियो ।

दुई सुटकेस नक्कली भारुसहित ३ पाकिस्तानी नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ

salt training

कमेन्ट गर्नुहोस्