२४ असार २०८३, बुधबार

बेलायती प्रधानमन्त्री मेले दिइन् राजीनामा

बेलायती प्रधानमन्त्री मेले दिइन् राजीनामा

काठमाडौं – बेलायतकी प्रधानमन्त्री टेरिजा मेले शुक्रवार पदबाट राजीनामा दिएकी छन् । ब्रेक्जिट सम्झौतामा सहमति जुटाउन नसकेपछि आफ्नै कन्जर्भेटिभ पार्टीको दबाब परेपछि मेले राजीनामा दिएकी हुन् । 

प्रधानमन्त्री कार्यालय डाउनिङ स्ट्रीटमा बोल्दै मेले बेलायतको प्रधानमन्त्रीका रूपमा सेवा गर्न पाउनु आफ्नो अहोभाग्य भएको बताइन् । सम्बोधनका क्रममा उनको गला अवरुद्ध भएको थियो । उनले कुनै पनि दुर्भावना नलिइकनै पदत्याग गरेको बताइन् । 

आफ्ना सरकारका उपलब्धिहरू उनले यस क्रममा बताइन् । बजेट घाटा, बेरोजगारी घटाएको अनि मानसिक स्वास्थ्यमा लगानी बढाएको उनले उल्लेख गरिन् । 

तर ब्रेक्जिट गराउन नसक्नु आफ्नो कमजोरी रहेको र सधैं पश्चात्ताप गर्ने उनको भनाइ थियो । 

मेले राजीनामा नदिएमा उनको दल कन्जर्भेटिभले उनका विरुद्ध अविश्वास प्रस्ताव ल्याउने भएको थियो । उनले मंगलवार १० बुँदे नयाँ ब्रेक्जिट डीलको घोषणा गर्दा उनकै पार्टीका सांसदहरू आक्रोशित भएका थिए अनि विपक्षी लेबर पार्टी पनि त्यसमा विश्वस्त भएन । 

मे सरकारमा परराष्ट्रमन्त्री रहेका बोरिस जोनसोन आगामी प्रधानमन्त्री हुने सम्भावना छ । तर कन्जर्भेटिभ पार्टीका अन्य नेतामा पनि दौडमा छन् । 

द गार्डियनबाट
 

salt training

कमेन्ट गर्नुहोस्