२५ असार २०८३, बिहीबार

ठगी मुद्दाका फरार अभियुक्त पक्राउ, यसरी गरेका थिए सहकारीको रकम हिनामिना

ठगी मुद्दाका फरार अभियुक्त पक्राउ, यसरी गरेका थिए सहकारीको रकम हिनामिना

काठमाडौँ–ठगी मुद्दामा फरार उदयपुरको हडिया घर भई काठमाडौँ महानगरपालिका–१६ बस्ने ३५ वर्षीय दिलीपकुमार चौधरीलाई आज प्रहरीले पक्राउ गरेको छ । 

    काठमाडौँ जिल्ला अदालतको २०६९ साल कात्तिक २७ को फैसलाले रु २० लाख ९५ हजार जरिवाना र एक वर्ष कैद सजाय ठहर भई फरार चौधरीलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले सुनसरीबाट पक्राउ गरेको हो । 

    विसं २०६६ देखि काठमाडौँको वनस्थलीस्थित आधुनिक बहुउद्देश्यीय सहकारी संस्थामा लेखा प्रमुखका रुपमा कार्यरत रहेका चौधरीले आर्थिक वर्ष २०६७÷६८ मा पटक÷पटक गरी संस्थामा जम्मा हुन आएको उक्त रकम बैंकमा जम्मा गरेको भनी संस्थाको विवरण लगायतका कागजात नक्कली बनाइ रकम ठगी गरेका थिए ।

    पक्राउ परेका चौधरीलाई फैसला कार्यान्वयनका लागि सुनसरी जिल्ला अदालत पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि आजै कारागार कार्यालय झुम्का पठाएको ब्यूरोका प्रहरी उपरीक्षक सुदीप गिरीले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्