११ असार २०८३, बिहीबार

पाँचथर हत्याकाण्डः सबैलाई मारेर मर्छु भन्थे मानबहादुर

जेठ ११, २०७६
पाँचथर हत्याकाण्डः सबैलाई मारेर मर्छु भन्थे मानबहादुर

पाँचथरको आरुबोटे हत्याकाण्डमा संलग्न रहेको आशंका गरिएका व्यक्तिले केही समयदेखि ‘आफू पनि मर्छु र सबैलाई मार्छु ’ भन्ने गरेको अनुसन्धानबाट खुलेको छ ।

आजको कान्तिपुर दैनिक लेख्छ–९ जनाको ज्यान जाने गरी पाँच दिनअघि मिक्लाजुङ ३, आरुबोटेमा भएको दुई परिवारको हत्यामा संलग्न भनिएका मानबहादुर माखिम झुन्डिएको अवस्थामा मृत फेला परेका थिए ।

‘घटनाको एक महिनाअघि म पनि मर्छु र सबैलाई मार्छु भनेर घरपरिवार र साथीभाइसँग भन्ने गरेको खुलेको छ ।’ अनुसन्धानमा संलग्न एक अधिकारीले भने ।

घटनाका दिन घरबाट उपचारका लागि विराटनगर जान्छु भनी कपडा बोकेर हिँडेको परिवारले प्रहरीसँगको बयानमा बताएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्