२३ जेठ २०८३, शनिबार

एडमार्कमा विद्यार्थीको अन्तरक्रिया

एडमार्कमा विद्यार्थीको अन्तरक्रिया

काठमाडौं- नेपाली बजारमा भित्रिएका र भित्रिने चरणमा रहेका विश्वस्तरीय ब्रान्डका उपभोग्य सामानको बारेमा जानकारी दिन अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 

शनिवार राजधानीको एडमार्क कलेजले 'केलोक्स' ब्रान्डको उत्पादन र बजारमा स्थापित हुन गरेको रणनीतिको बारेमा अन्तरक्रिया कार्यक्रम गरेको हो । 

कार्यक्रममा स्नाकोत्तर प्रथम सेमेस्टरका विद्यार्थीहरूलाई विभिन्न समूहमा विभाजन गरेर विशेष 'केस'माथि छलफल चलाइएको थियो । 

यस्ता खाले अन्तरक्रियाले विद्यार्थीहरूलाई कुनै पनि विषयमा पृथक, सटिक र विश्लेषणात्मक ढंगले प्रस्तुत गराउन सहयोग पुर्‍याउने शिक्षक दिपक ढकालले बताए । 

त्यस्तै कलेजका संस्थापक शिव अधिकारीले पनि अन्तरक्रिया ले विद्यार्थीहरूको ज्ञानको दायरा बढाउँदै लैजाने बताए । 

कार्यक्रममा एडमार्क कलेजका संस्थापक शिव अधिकारी, पुरुषोत्तम अधिकारी, गोपाल अधिकारी, दिपक ढकाल तथा विष्णु ज्ञवाली लगायतको उपस्थिति रहेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्