०५ असार २०८३, शुक्रबार
संघर्ष

सेनाको जागिरले अपाङ्गता, त्यसपछि धेरै सफलता !

जेठ ११, २०७६
सेनाको जागिरले अपाङ्गता, त्यसपछि धेरै सफलता !

बुटवल – फरक क्षमता भएका व्यक्तिलाई हेर्न दृष्टिकोण पूर्णतः सकारात्मक भइसकेको देखिँदैन । अपाङ्गता भएकालाई कमजोर भनेर टिप्पणी गर्ने परिपाटी कायमै छ ।

अपाङ्गता भएका कतिपय व्यक्ति यति प्रतिभाशाली छन्, जसले सबलाङ्गसँग प्रतिष्पर्धा गर्न सक्छन् । तिनै मध्येका एक हुन् रूपन्देहीका दुर्गाबहादुर अधिकारी ।

२०१४ सालमा गुल्मी मुसिकोट नगरपालिका–५ आँपचौरमा जन्मिएर अधिकारी १० कक्षामा पढ्दापढ्दै पढाइ छाडेर भारतीय सेनामा २०३३ सालमा भर्ती भए । भर्ती भएको ६ वर्षमै २०३९ सालमा उनी भारतको जम्मुकस्मिरमा खटिए । त्यहाँका सधै माइनस डिग्रीको तापक्रमले गर्दा उनको शरीरले काम गर्न छाड्यो ।

अधिकारी सेना भएकाले भारतका धेरै अस्पतालमा उपचारका लागि पुर्‍याइयो तर उनलाई निको नहुने भयो । अपाङ्ग भएपछि उनले जागिर गर्न नसक्ने भए । उनले अब भविष्य सिद्धियो भन्ने सोचे केहीदिन ।

अनि सम्झे अपाङ्गता भएका व्यक्तिहरू गरेको संघर्ष र सफलता । त्यसपछि उनले पढाइ शुरू गरे । उनलाई पूर्ण तलब दिएर आर्मीले भारतको देहरादुनको एक विद्यालयमा १० कक्षामा भर्ना गर्‍यो । उनी भारतको मेलिटरीमा प्रथम श्रेणीमा पास भए । त्यसपछि उनले अंग्रेजी मुख्य विषय लिएर देहरादुनमै इन्टरमिडियटको पढाइ थाले । 

इन्टरमिडियट पनि प्रथम श्रेणीमा उत्तीर्ण भए । उनी ब्याचलर र मास्टरमा पनि त्यसैगरी रेगुलर प्रथम श्रेणीमा उत्तीण गरे । भारतमा अध्ययन पूरा गरेसँगै उनी १५ वर्षे सेवाअवधि सकेर २०४८ सालमा नेपाल (गुल्मी) फर्किए ।

उनी घरमा आउँदा शिक्षक सेवा आयोगको आवेदन खुला भएको थियो । उनले शिक्षक सेवा आयोगको परीक्षाका लागि फारम भरेर पढ्न थाले । परीक्षा दिए । रिजल्ट आयो । उनले खुला प्रतिस्पर्धाबाट प्रावि तहमा स्थानीय शिक्षकमा नाम निकाल्न सफल भए । उनले नेपाल राष्ट्रिय मावि आँपचौर गुल्मीमा पढाउन शुरू गरे ।

२०५२ सालमा फेरि शिक्षक सेवा आयोग खुल्यो । उनले निम्न माध्यमिक तह द्वितीय परीक्षा दिए । २०६० सालमा नतिजा आउँदा उनले फेरि नाम निकाल्न सफल भए । त्यसपछि उनले २०६५ सालसम्म नेपाल राष्ट्रिय माविमै पढाउने क्रमलाई निरन्तरता दिए । २०६६ सालमा निम्न मावि प्रथम श्रेणीमा बढुवा भए । उनले २०७२ सालमा निमावि प्रथम श्रेणीबाट अवकाश लिए । अधिकारी भन्छन्, ‘अपाङ्गताले केही गर्न रोक्दैन । सबलाङ्गसँगै प्रतिष्पर्धा गर्न र उनीहरूलाई जित्न पनि सकिन्छ । आफूमा हिनताबोध नगरी म सबै कुरामा सक्षम छु । संघर्ष गर्छु भने सबै क्षेत्रमा सफलता चुम्न सकिन्छ ।’

शिक्षक सेवाको अवकाशपछि पनि उनको अध्ययन रोकिएन । लेखापढी गर्ने कानून पढे । अदालतबाट परीक्षा दिएर नाम निकाल्न सफल भए । उनले शिक्षक सेवा आयोगबाट अवकाशपछि अहिले पनि मालपोत कार्यालय बुटवलमा लेखापढीको काम गर्छन् । 

उनले अहिले भारतीय सेनाको पेन्सनबाट ५० हजार रुपैयाँभन्दा बढी, नेपाली शिक्षक सेवाको सेवानिवृत्तपछि २० हजार रुपैयाँ र लेखापढी गरेर झण्डै २०–२५ हजार रुपैयाँ गरी मासिक झण्डै १ लाख रूपैयाँ आम्दानी गर्छन् तर उनले भारतीय सेनाको कमाइको पैसा होस् वा नेपाली शिक्षक भएपछिको कमाइ होस्, बचत गरेका छैनन् । उनले सबै लगानी छोराछोरीको शिक्षा गरेका छन् । उनी भन्छन्, ‘भगवानले मलाई म अपाङ्ग भएपछि पनि बच्चाबच्ची दिए । तिनै छोराछोरीलाई राम्रो पढाउन मैले सबै शिक्षामा लगानी गरे । २ छोरा, २ छोरीलाई उनले भाडाको घरमा बसेर ४ जना छोराछोरीलाई निजी विद्यालय पढाए ।

salt training

कमेन्ट गर्नुहोस्