३१ जेठ २०८३, आइतबार

आगलागीमा सात घर नष्ट, करीब डेढ करोडको क्षति

आगलागीमा सात घर नष्ट, करीब डेढ करोडको क्षति
सन्दर्भ तस्वीर

अछाम- अछामको ढकारी गाउँपालिका–४ बलाँतामा आगलागी हुँदा सात घर जलेर नष्ट भएका छन् । शुक्रवार बेलुका गहुँगडामा नल पोल्नको लागि बालिएको आगो हावाले उडाएर घरहरूमा सल्किएको हो । 

वडाध्यक्ष भक्तबहादुर बुढासहित, इन्द्र बुढा, मीनबहादुर बुढा, जोगी बुढा, रूजा बुढा, न्यानु बुढा, धर्म बुढाको घर जलेर पूर्ण रूपमा नष्ट भएको स्थानीयवासी पदम बुढाले जानकारी दिए । आगलागी भएपछि पशुचौपाया मर्नुका साथै खाद्यान्न, लत्ता कपडालगायत नगद तथा जिन्सी क्षति भएको बताइएको छ ।

आगलागीबाट मानवीय क्षति नभएको तर स्थानीयवासीका ६० वटा बाख्रा, एक गोरु जलेर मरेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक  जनकबहादुर शाहीका अनुसार आगलागीबाट एक करोड ६० लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

जिप्रका, इलाका प्रहरी कार्यालय कमलबजार र ढकारी प्रहरीचौकीबाट १९ जना प्रहरी र स्थानीयवासीको सहयोगमा राति ११ बजे आगो नियन्त्रणमा लिइएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्