२६ जेठ २०८३, मंगलबार

मोदीले ध्वस्त पारे विपक्षीहरूको जातीय समीकरण, दलित र जनजाति सीटमा भाजपाको पकड

मोदीले ध्वस्त पारे विपक्षीहरूको जातीय समीकरण, दलित र जनजाति सीटमा भाजपाको पकड

काठमाडौं – सन् २०१४ को चुनावको तुलनामा भाजपाले २१ सीट बढाएको छ । अघिल्लो चुनावमा २८२ सीट जितेको भाजपाले यसपालि ३०३ सीट हात पारेको छ । 

भाजपाले थपेको २१ सीटमध्ये आधी जति पिछडिएको जातिको सीट हो । अर्थात् भाजपाले दलित र आदिवासीहरूमाझ जनाधार बढाएको छ । 

भाजपाले दलित र आदिवासीहरूलाई आकर्षित गर्न नसक्ने धारणा बनाइँदै आएको थियो । तर उनीहरूको बाहुल्य भएका १३१ सीटमध्ये ७७ सीटमा भाजपाले जीत हासिल गरेको छ । ती सीटमा भाजपाका उम्मेदवारको संख्या बढेको छ भने कांग्रेसले ती क्षेत्रमा आफ्ना तीन सीट गुमाएको छ । 

विगतको चुनावको तुलनामा कांग्रेसले अलिकति मात्र सुधारिएको प्रदर्शन गरेको छ । तर दलित र आदिवासी बाहुल्य नौ सीट मात्र उसले जित्न सफल भएको छ । अघिल्लो चुनावमा उसले १२ यस्ता सीटमा जीत हासिल गरेको थियो ।

सन् २०१४ को चुनावअघि उत्तर प्रदेशका १७ सीटमा मायावतीको बसपाको एकाधिकार जस्तै थियो । तर ती सीटमा बसपाले यसपालि जम्मा दुई सीट जितेको छ । दलित विचारधारामा आधारित बसपा अन्य प्रदेशका दलितबहुल सीटमा खाता खोल्न समेत असमर्थ भयो । 

भाजपाले अनुसूचित जनजाति वा एसटी सीटमा पनि सन् २०१४ को तुलनामा वृद्धि गरेको छ । यस वर्ष उसले त्यस्ता ३१ सीटमा जीत हासिल गरेको छ । 

केही राज्यहरूमा त भाजपाले एसटी सबै सीट जितेको छ । मध्य प्रदेश, कर्नाटक, राजस्थान र गुजरात ती राज्य हुन् । 

भारतका २७ राज्य र केन्द्रशासित प्रदेशहरूमा एससी (दलित) र एसटी (जनजाति) को जनसंख्याको आधारमा उनीहरूका लागि सीट सुरक्षित गरिएको हुन्छ । ती सीटमा आरक्षित वर्गका उम्मेदवारले मात्र चुनाव लड्न पाउँछन् तर भोट दिने अधिकार सबै वर्गका मतदातामा हुन्छ । तर दलित र जनजाति उम्मेदवारहरूले भने देशभरिका सबै सीटबाट चुनाव लड्न पाउँछन् । 

भारतमा ४१२ सीट सामान्य, ८४ एससी र ४७ एसटीका लागि आरक्षित छन् ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्