११ असार २०८३, बिहीबार

मरेको छोरो जिउँदो बनाउने आशाका साथ महिलाले मन्दिरमा गरिन् शिव आराधना

मरेको छोरो जिउँदो बनाउने आशाका साथ महिलाले मन्दिरमा गरिन् शिव आराधना

काठमाडौं – भारतको झारखण्डमा रहेको माझी बस्तीमा करेन्ट लागेर शनिवार आकाश सावको मृत्यु भयो ।

एक मात्र छोरो मरेपछि उसलाई जिउँदो बनाउनका लागि उनकी आमा एक घन्टासम्म मन्दिरमा शिव भगवानको पूजा र आराधना गरिरहिन् । 

बस्ताकोला सोनार बस्तीको शिव मन्दिरमा यो घटना भएको हो । स्थानीय महिलाहरूले पनि शिव आराधना गरे । 

मानिसहरूले शवमा गोबर लिप्ने, अनि भगवान् शिवलाई फूल चढाउने र पानी तथा दूधको धारा दिने काम गरे । आकाशलाई बचाउनका लागि उनीहरूले भगवानको आराधना गरे । आमालाई आफ्नो छोरो अवश्य बाँच्ने आशा थियो ।

उनले रोएर पुत्रलाई जिउँदो बनाउन आराधना गरेकी हुन् । स्थानीहरूले चाहिँ शवलाई अन्तिम संस्कार गर्न आमालाई सम्झाइबुझाइ गरे । 

आकाशले स्नातक सकेर पिता दिलीप सावलाई घरनजिकको रासन पसल चलाउन सहायता गर्ने गरेको थियो । शनिवार उसका बुवा रासन लिन झरिया बजार गएका थिए । आमा पुष्पा पनि घरमा थिइनन् । 

आकाश घरको बाथरूममा बिजुलीको वायरिङ ठीक पार्दै थिए । त्यस क्रममा उनलाई करेन्ट लाग्यो र उनको मृत्यु भयो । आमा घर पुग्दा आकाश बाथरूममा अचेत अवस्थामा रहेको देखिन् । 

एक मात्र छोरो मरेपछि पुष्पा र दिलीप चिच्याई चिच्याई रोए । आकाशकी दिदी किरण पनि घरबाट आइन् अनि भाइको लाश देखेर बेहोश भइन् । 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्