२६ जेठ २०८३, मंगलबार

अमित शाहलाई अर्थ मन्त्रालय दिइने सम्भावना

अमित शाहलाई अर्थ मन्त्रालय दिइने सम्भावना

काठमाडौं – भारतमा नरेन्द्र मोदी सरकारको दोस्रो कार्यकालमा अरुण जेटलीले अर्थमन्त्रीको पद लिन अस्वीकार गर्न सक्ने सम्भावना छ । स्वास्थ्य खराब भएका कारण उनले यो फैसला लिन सक्छन् ।

जेटलीले आफ्नो घरमा अर्थ मन्त्रालयका अधिकारीहरूसँग भेटघाट गरे । 

भाजपा अध्यक्ष अमित शाहलाई अर्थ मन्त्रालय दिइने सम्भावना छ । पीयूष गोयलको नाममा पनि विचार गर्न सकिन्छ । जेटली बिरामी हुँदा गोयलले दुईपटक अर्थ मन्त्रालय सम्हालिसकेका छन् ।

जेटलीको स्वास्थ्यमा समस्या देखिएपछि चिकित्सकहरूले उनलाई बेलायत वा अमेरिकामा गएर उपचार गराउन सल्लाह दिएका छन् । उनी विगत तीन हप्तादेखि कार्यालय गएका छैनन् । 

रोयटर्स समाचार संस्थाका अनुसार, जेटलीले अर्थ मन्त्रालय भन्दा पनि तनाव कम हुने कुनै भूमिका लिने सम्भावना छ । 

प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपा अध्यक्ष अमित शाहपछि जेटली पार्टीमा तेस्रो स्थानमा छन् । लोकसभा चुनाव जितेपछि भाजपा कार्यालयमा बिहीवार भएको कार्यक्रममा उनी देखिएनन् । जेटली दुई हप्तादेखि सार्वजनिक कार्यक्रममा देखिएका छैनन् । 

तर उनी सामाजिक सञ्जालमा सक्रिय छन् । 

सन् २०१८ को मे महिनामा मिर्गौला प्रत्यारोपण गरेदेखि जेटलीको स्वास्थ्य ठीक छैन । गत फेब्रुअरी महिनामा उनले अन्तरिम बजेट समेत प्रस्तुत गर्न सकेका छैनन् । त्यतिखेर उनले अमेरिकामा उपचार गराएका थिए । उनको साटो पीयूष गोयलले बजेट प्रस्तुत गरेका थिए ।

वकालतबाट राजनीतिमा आएका जेटलीले भाजपालाई धेरै संकटहरूबाट बचाएका छन् । उनले अनेकौं विवादित नीतिमा सरकारको बचाउ गरेका छन् ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्