२४ जेठ २०८३, आइतबार

प्रधान सेनापति राष्ट्रिय भलिबल प्रतियोगिता हुँदै

प्रधान सेनापति राष्ट्रिय भलिबल प्रतियोगिता हुँदै
फाइल फोटो

काठमाडौं- प्रधान सेनापति चौथो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता – २०७६’ यही जेठ १९ देखि २६ गतेसम्म हुने भएको छ । सातै प्रदेशका टोली र तीन विभागीय गरी १० समूहको सहभागिता रहने उक्त प्रतियोगिता लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकूद केन्द्रमा कूल २६ खेलसहित आयोजना गरिने छ । 

शनिवार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा केन्द्रपति शशिकिरण रायमाझीले विसं २०७२ देखि शुरू भएको उक्त प्रतियोगिताको चौथो संस्करण विसं २०७५ मा हुनुपर्नेमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता भएका कारणले हुन नसकेको जानकारी दिए । 

खेलकुद क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने र यसमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहका प्रतियोगितामा खेलाडीको प्रतिनिधित्व गराउने उद्देश्यले विभिन्न खेल सञ्चालन गर्दै आएको सेनाले अन्तरराष्ट्रिय विश्व भलिबल सङ्घद्वारा पारित नियमानुसार खेलाइने जनाइएको छ । खेल लिग, कम र नकआउटका आधारमा बेष्ट अफ फाइभमा खेलाइने छ । 

उक्त प्रतियोगितामा प्रथम टोलीलाई तीन लाख, द्वितीयलाई एक लाख ५० हजार र तृतीयलाई ७५ हजारसहित शिल्ड र पदक प्रदान गरिनेछ भने उत्कृष्ट छ जनालाई जनही १० हजार दिइनेछ । त्यस्तै सर्वोकृष्ट खेलाडीलाई पल्सर मोटरसाइकलबाट पुरस्कृत गरिनेछ । सहभागी सात प्रदेशका टोलीमा राष्ट्रिय खेलकूद परिषद्सँग आबद्ध प्रशिक्षक/सहायक प्रशिक्षकको अनिवार्य उपस्थिति हुनुपर्ने व्यवस्था मिलाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्