
काठमाडौं – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका समर्थकहरू उनीमाथि खराब नजर नपरोस् भन्ने कामना राख्छन् । त्यसैले गर्दा उनीहरूले काशीको बाबा कालभैरवको मन्दिरमा पूजाआजा गरेका छन् ।
उनीहरूले कालभैरव मन्दिरमा प्रधानमन्त्री मोदीको कटआउट राखेर विशेष पूजा गरे अनि झारफुक गरेर खराब नजर पनि उतारे ।
कालभैरवका पुजारीहरूले आइतवार मोदीको कटआउटलाई दण्डले झारफुक गरे अनि कालभैरवको रक्षाकवचका रूपमा ताबिज पनि बाँधे ।
उनीहरूले बटुक भैरव स्तोत्र, कालभैरव अष्टक स्तोत्र र नवग्रह शान्ति पूजन पनि गरे । यसो गर्दा देशका प्रधानमन्त्रीमाथि कुदृष्टि बाधाबाट मुक्ति प्राप्त हुने र बाबा कालभैरवको आशीर्वाद रहिरहने उनीहरूको आशा छ ।
त्यसबाहेक कालभैरवका पुजारीहरूले मन्दिरको गर्भगृहमा पनि मोदीको कटआउट लगेर सर्स्युँको तेल, रक्सी र मिठाइबाट प्रधानमन्त्री मोदीको कुदृष्टि फ्याँकेर कालभैरवको आशीर्वाद दिलाए । अनि त्यो मिठाइलाई परम्परा अनुसार मन्दिर बाहिर सुँगुरलाई खुवाइयो ।
एजेन्सी