११ असार २०८३, बिहीबार

विस्फोटस्थलमा विप्लवको पर्चा भेटियो, प्रहरी भन्छ- 'निष्कर्षमा पुगिसकेका छैनौं'

विस्फोटस्थलमा विप्लवको पर्चा भेटियो, प्रहरी भन्छ- 'निष्कर्षमा पुगिसकेका छैनौं'
फोटो फेसबूकबाट

काठमाडौं – काठमाडौंको सुकेधारा र घट्टेकुलोमा भएका छुट्टाछुट्टै विस्फोटमा परी ३ जनाको मृत्यु भएको छ ।

सुकेधारामा भएको सिलिण्डर विस्फोटमा २ र घट्टेकुलोमा १ जनाको मृत्यु भएको हो ।

घटना नियोजित कि आकस्मिक भन्ने विषयमा यकिन निष्कर्षमा नपुगिसकेको प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलले जनाएका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीका अनुसार घट्टेकुलोमा विस्फोटस्थलनजिक विप्लव नेतृत्वको नेकपाको पर्चा समेत भेटिएको छ ।

घट्टेकुलो विस्फोट बम बनाउने क्रमममा भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

salt training

कमेन्ट गर्नुहोस्