२८ जेठ २०८३, बिहीबार

गृह मन्त्रालयमा आकस्मिक बैठकः गृहमन्त्रीद्वारा देशभरको सुरक्षा कडा बनाउन निर्देशन

गृह मन्त्रालयमा आकस्मिक बैठकः गृहमन्त्रीद्वारा देशभरको सुरक्षा कडा बनाउन निर्देशन

काठमाडौं– राजधानीका विभिन्न स्थानमा श्रृङ्खलाबद्ध बम विस्फोट भएपछि गृहमन्त्रालयमा आकस्मिक बैठक बसेको छ । 

बैठकमा गृहमन्त्री रामबहादुर थापा बादलले घटनाको निन्दा गर्दै देशभरको सुरक्षा व्यवस्था चुस्त बनाउन निर्देशन दिएका छन् । 

गृहमन्त्रालयका एक उच्च अधिकारीले सुरक्षा प्रमुख सहितको उक्त बैठकमा बादलले देशभरको सुरक्षा व्यवस्था कडा बनाउन निर्देशन दिएको भन्दै घटनाप्रति दुख व्यक्त गरेको जानकारी दिए । 

आइतबार राजधानीको सुकेधारा र अनामनगरमा बम विस्फोट हुँदा ३ जनाको  मृत्यु भएको छ भने लगनखेल, नागढुंगालगायतका स्थानमा पनि बम विस्फोट भएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्