१८ असार २०८३, बिहीबार
मुख्य समाचार

उपत्यकाका विभिन्न स्थानमा विस्फोट, मृतकको संख्या ४ पुग्यो

उपत्यकाका विभिन्न स्थानमा विस्फोट, मृतकको संख्या ४ पुग्यो

 काठमाडौँ–काठमाडौँ सुकेधारामा  भएको विस्फोटमा परेकामध्ये थप एकको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

यसअघि सुकेधाराको विस्फोटमा परी दुई जनाको मृत्यु भएकोे थियो । यस्तै अनामनगरमा भएको बम विस्फोटमा पनि एक जनाको ज्यान गएको छ । 

 दुवै स्थानमा भएको विस्फोटमा परी अहिलेसम्म चार जनाले ज्यान गुमाएको महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रवक्ता श्यामलाल ज्ञवालीले जानकारी दिए । 

 घाइते पाँचमध्ये चार जनाको परिचय खुलेको छ । अनामनगरमा भएको विस्फोटमा परी रुकुम घर भई त्रिचन्द्र कलेज पढ्ने विप्लव समूहका विद्यार्थी नेता रविन केसी घाइते भएका छन् । उनको अहिले काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ । 

सुकेधाराको ढलाने पुल नजीक भएको विस्फोटमा परी काठमाडौँ कपनका हरि खड्का, बूढानीलकण्ठका सुरेन्द्र महर्जन, महोत्तरी घर भएका छोटु ठाकुर घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको ओम अस्पतालमा उपचार भइरहेको छ । एक जनाको परिचय खुलेको छैन । 

यसैबीच राजधानीको ग्वार्खो, नागढुंगा, सानेपालगायतका स्थानमा पनि बम फेला परेको छ । 

salt training

कमेन्ट गर्नुहोस्