२५ जेठ २०८३, सोमबार

बन्दका बेला २ वटा ट्रकमा आगजनी

बन्दका बेला २ वटा ट्रकमा आगजनी
प्रतिकात्मक तस्वीर

हेटौडा – नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले सोमवार आह्वान गरेको नेपाल बन्दका कारण मकवानपुरको जनजीवन प्रभावित बनेको छ ।

मकवानपुरका २ स्थानमा ट्रकमा आगजनी भएको छ भने हेटौडाको बुद्धचोकमै बम फेला परेको छ ।

मकवानपुरका प्रहरी प्रवक्ता यज्ञप्रसाद भट्टराईका अनुसार बुद्धचोकमा फेला परेको बम नेपाली सेनाले निष्क्रिय गरिसकेको छ । सोमवार बिहान करीब १ बजे मिनिट्रकमा आगजनी भएको छ ।

हेटौडा चौकीटोलस्थित रोकेर राखिएको ना७ख ९४९६ नम्बरको ट्रकमा अज्ञात समूहले आगजनी गरेर फरार भएको उनले बताए ।

आगजनीका कारण मानवीय क्षति भने भएको छैन । त्यसैगरी थाहा नगरपालिका–१ कन्छाल नजिक कुले खोलामा आइतवार राति काठमाडौंबाट हेटौडातर्फ आउँदै गरेको ट्रकमा आगजनी भएको छ ।

नौ खण्डेमा बास बसेर सोमवार बिहान ४ः१५ बजे नौखण्डेबाट हिँडेको र ना६ख ८००७ नम्बरको ट्रक गुडिरहेको अवस्थामा नै आगजनी भएको हो । इलाका प्रहरी कार्यालय पालुङ्ले दिएको जानकारीअनुसार अज्ञात समूहमा आएका ३ जनाको समूहले सो ट्रकमा पेट्रोल छर्किएर आगजनी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

आगजनीबाट ट्रकको अगाडिको भाग पूरै जलेर क्षति भएको र चालक प्रहरी नियन्त्रणमा नै रहेको प्रहरीको जानकारी गराएको छ ।

salt training

कमेन्ट गर्नुहोस्