२३ जेठ २०८३, शनिबार

मोटरसाइकलमा गाई राखेर हिँडे यी पाकिस्तानी (भिडियो)

मोटरसाइकलमा गाई राखेर हिँडे यी पाकिस्तानी (भिडियो)

काठमाडौं – एकजना व्यक्तिले आफ्नो मोटरसाइकलमा गाई बोकेर हिँडेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

यो भिडियो पाकिस्तानमा खिचिएको बताइएको छ । अर्को मोटरसाइकलमा बसेका व्यक्तिले गाई राखेको मोटरसाइकल र सवारलाई खिचेका हुन् । 

त्यतैबाट गइरहेका एक व्यक्तिले भनेको सुनिन्छ, ‘अचम्म । यो पाकिस्तानी जुगाड हो ।’

मोटरसाइकल चलाउने व्यक्तिले क्यामरालाई हेरेर मुस्काउँदा बटुवाले चाहिँ गाई कति शान्त रहेछ भनी टिप्पणी गर्छन् । तर गाईलाई घाँटीसम्म एउटा कपडाले बाँधिएको छ र वाहनमा बस्न लगाइएको छ । 

भाइरल भएपछि भिडियोमाथि प्रतिक्रियाहरू आएका छन् । धेरैले यो भिडियो रमाइलो भएको बताउँदा अरूले चाहिँ जनावरमाथिको दुर्व्यवहार भनेका छन् । जनावरलाई यसरी अप्ठ्यारो पारेर गाडीमा हिँडाउनु गलत भएको एकजनाले टिप्पणी गरे ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्