०७ असार २०८३, आइतबार

सदनमा प्रतिपक्षको प्रश्न : झूटो आश्वासन दिएर सुरक्षा मजबुत छ भन्न मिल्छ ?

सदनमा प्रतिपक्षको प्रश्न : झूटो आश्वासन दिएर सुरक्षा मजबुत छ भन्न मिल्छ ?

काठमाडौं – आइतवार साँझ राजधानीमा भएको शृंखलावद्ध विस्फोटले सुरक्षा निकायमाथि प्रश्न उठेको भन्दै कांग्रेस सांसदले संसदमा खबरदारी गरेका छन् ।

सोमवार संसदमा बोल्दै नेपाली कांग्रेसकी नेतृ सुजाता परियारले सरकारले झूटो आश्वासन मात्र दिएको टिप्पणी गरिन् । 

‘गृह प्रशासन के हेरेर बसिरहेको छ ?’ परियारले प्रश्न गरिन्, ‘सरकारले सुरक्षा दिन सकेको छैन । झूटो आश्वासन मात्र दिएको छ र त्यसैलाई सुरक्षा मजबुत भएको भनेर भन्न मिल्छ ?’

आइतवार साँझ राजधानीमा भएको शृंखलाबद्ध विस्फोटमा ४ जनाको मृत्यु भएको थियो भने ८ जनाभन्दा बढी घाइते भएका थिए । विप्लव समूहले गराएको भनिएका विष्फोट पहिल्यै रोक्न पहल नगरेको भन्दै सरकारको सुरक्षा व्यवस्थामा प्रश्न उठिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्