२४ जेठ २०८३, आइतबार

पेरुमा ८ म्याग्निट्युडको भूकम्प, १ जनाको मृत्यु

पेरुमा ८ म्याग्निट्युडको भूकम्प, १ जनाको मृत्यु

काठमाडौं – पेरुको उत्तरी क्षेत्रमा आइतवार बिहान आएको ८ म्याग्निट्युडको भूकम्पमा कम्तीमा एकजना मारिएका छन् भने २६ जना घाइते भएका छन् । 

अमेरिकी भौगर्भिक सर्वेक्षणले भूकम्प जमीनभन्दा ११४ किलोमिटर गहिराइबाट आएको जनाएको छ । भूकम्पको केन्द्रविन्दु राजधानी लिमाबाट १३२ किलोमिटर परको क्षेत्र हो ।

पेरुका रक्षा संयोजक रिकार्डो सेइजाले आरपीपी रेडियोलाई बताएअनुसार, काजामारकामा घर भत्किँदा त्यसको भग्नावशेषमा थिचिएर एक व्यक्तिको मृत्यु भएको छ । उनले पेरुमा ११ जना घाइते भएको बताए । 

छिमेकी मुलुक इक्वेडरमा १५ जना घाइते भएका छन् । स्थानीय समयअनुसार आइतवार बिहान ७ बजेर ४१ मिनेट जाँदा भूकम्प गएको थियो । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्