एजेन्सी-बलिउड अभिनेता अजय देवगनका पिता वीरु देवगनको निधन भएको छ ।
उनले केही घण्टाअघि अन्तिम श्वास लिए ।
भारतीय सञ्चारमाध्यमका अनुसार उनको हृदयघातको कारण निधन भएको हो । उनी लामो समयदेखि बिरामी थिए ।
उनको मुम्बईस्थित सांताक्रूज अस्पतालमा उपचार भइरहेको थियो ।
अजय देवगनले पिताको स्वास्थ्य स्थिति खराब भएपछि फिल्म 'दे दे प्यार दे'को प्रमोशनल इभेन्ट क्यान्सिल गरेका थिए । वीरु देवगन एक्शन फिल्मका लागि परिचित थिए ।
उनको चर्चित फिल्महरू सन् १९९४ को 'दिलवाले', सन् १९८३ को 'हिम्मतवाला' र सन् १९८८ को 'शंहशाह' हुन् ।
८० को दशकको फिल्महरूमा वीरू देवगनले एक्शन र फाइट सीनको कोरियोग्राफ पनि गरेका थिए ।
वीरू देवगनको जन्म सन् १९७५ मा भएको हो ।
उनको पत्नीको नाम वीणा देवगन हो । उनका दुई छोराहरू अजय देवगन र अनिल देवगन हुन् ।
अजय देवगन बलिउडको एक चर्चित नाम हो । उता अनिल देवगन भने फिल्म निर्देशनको क्षेत्रमा छन् ।
अनिलले 'राजू चाचा' र 'ब्ल्याकमेल'लगायतका फिल्म निर्देशन गरेका छन् ।