२८ जेठ २०८३, बिहीबार

प्रभु बैंकको नयाँ शाखा कञ्चनपुरको झलारीमा

प्रभु बैंकको नयाँ शाखा कञ्चनपुरको झलारीमा

कञ्चनपुर- प्रभु बैंकले कञ्चनपुर शुक्लाफाँटा नगरपालिका वडा नं. १०, झलारीमा सोमवारदेखि झलारीमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । 

बैंकको झलारी शाखा कार्यालयको उद्घाटना शुक्लाफाँटा नगरपालिकाका मेयर दिलबहादुर ऐरबाट एक समारोहकाबीच भएको हो । 

शाखा कार्यालय उद्घाटन कार्यक्रममा कञ्चनपुर जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरू, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरू, उद्योग वाणिज्य संंघ कञ्चनपुरका पदाधिकारीहरू, विभिन्न संघ संस्थाका प्रतिनिधिहरू, स्थानीय व्यापारी, बुद्धिजीवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

आजदेखि सञ्चालनमा आएको बैंकको झलारी शाखा कार्यालयबाट यहाँका स्थानीय सर्वसाधारणहरू, फर्म, कम्पनी तथा संघ संस्थाहरूले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् । यस क्षेत्रको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्