
काठमाडौं- राजधानेस्थित बालाजु माछापोखरीबाट एक लुटेरा दुई लाख नगदसहित पक्राउ परेका छन् । माछापोखरी चोकबाट पाँचथरका नगेन्द्र माखिमको साथमा रहेको दुईलाख रुपैंया लुटेर भाग्दै गर्दा उनी पक्राउ परेका हुन ।
महानगरीय प्रहरी परिसर होमेन्द्र बोगटीले लोकान्तरलाई दिएको जानकारी अनुसार पक्राउ पर्नेमा गाँईघाटका बसन्त परियार छन् ।
नगेन्द्रको साथमा रहेको रुपैंया लुटृर भाग्दै गर्दा बालाजु प्रहरीको मोबाईल भ्यानले परियारलाई लुटेको रकमसहित पक्राउ गरेको हो ।