०५ साउन २०८३, मंगलबार

मोदीको सपथग्रहणमा बिम्सटेक राष्ट्रका सरकार प्रमुखलाई निम्ता, ओली जालान् दिल्ली ?

मोदीको सपथग्रहणमा बिम्सटेक राष्ट्रका सरकार प्रमुखलाई निम्ता, ओली जालान् दिल्ली ?

काठमाडौं– दोस्रो कार्यकालका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ३० मेमा पद तथा गोपनियताको सपथग्रहण गर्ने कार्यक्रम रहेको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले मेइ ३० को दिन राष्ट्रपति भवनमा सपथग्रहणको कार्यक्रम तय भएको जानकारी दिएका छन् । 

उनका अनुसार सपथग्रहण कार्यक्रममा बिम्सटेक राष्ट्रका सरकार प्रमुखहरुलाई अतिथिको रुपमा आमन्त्रण गरिएको छ । 

बिम्सटेक राष्ट्रमा नेपाल र भारतसहित बंगलादेश, म्यान्मार, श्रीलंका, थाइल्याण्ड र भुटान रहेका छन् । गएको अगस्टमा नेपालमा विमस्टेक सम्मेलन भएको थियो । 

ओली जालान् दिल्ली ?
हालै सम्पन्न भारतीय लोकसभा निर्वाचनमा मोदीको पार्टी भारतीय जनता पार्टीले बहुमत ल्याएपछि मोदी फेरि दोस्रो कार्यकालको लागि प्रधानमन्त्री बन्न लागेका हुन् । 
भाजपाको विजयसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले ओलीले मोदीलाई बधाई दिएका थिए । 

‘लोकसभा निर्वाचनमा उत्साहजनक नतिजा हासिल भएकोमा म प्रधानमन्त्री नरेन्द्र मोदीलाई हार्दिक बधाई दिन चाहन्छु’, ओलीले ट्वीटरमार्फत भनेका थिए, ‘पूर्ण सफलताका साथै आगामी दिनमा तपाईँसँग मिलेर कामगर्न तत्पर छु ।’

यस्तै ओलीले फोन गरेर पनि मोदीलाई नयाँ कार्यकालको सफलताको कामना गर्दै शुभकामना दिएका थिए । 

भारतीय पक्षले सपथ ग्रहणमा बोलाएसँगै बालुवाटारले जाने वा नजाने भन्नेबारे छलफल थालेको छ । स्रोतका अनुसार बिमस्टेकका अन्य सदस्य राष्ट्रका सरकार प्रमुखहरुले गर्ने निर्णयका आधारमा प्रधानमन्त्रीले पनि आवश्यक निर्णय गर्नेछन् । 

salt training

कमेन्ट गर्नुहोस्