१२ असार २०८३, शुक्रबार

विप्लव आतंक फैलिएपछि गृह मन्त्रालयले निकाल्यो यस्तो विज्ञप्ति

विप्लव आतंक फैलिएपछि गृह मन्त्रालयले निकाल्यो यस्तो विज्ञप्ति

काठमाडौँ– गृह मन्त्रालयले मुलुकभर शान्ति सुरक्षाको यथोचित प्रबन्ध भएकाले कुनै पनि भ्रममा नपरी नियमित क्रियाकलापमा सक्रिय रहन सबै नेपालीलाई अनुरोध गरेको छ । 

आज साँझ गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले प्रेस विज्ञप्ति जारी गर्दै गैरकानूनी एवं शान्तिविरोधी गतिविधिलाई सहयोग नगर्न र नगराउन सबैलाई अनुरोध गरेका छन् । 

    निर्दोष नागरिकको जीउधनमाथि साङ्घातिक हमला गर्ने, सर्वसाधारण आतङ्कित हुने गरेर विस्फोट गराउने र सरकारी सम्पत्तिमा क्षति पु¥याउनेलगायतका घटना अमानवीय भन्दै मन्त्रालयले त्यसको भत्र्सनासमेत गरेको छ । कानून र शान्तिविरोधी गतिविधिमा संलग्न नहुन मन्त्रालयले सबैलाई अपिल गर्दै मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गरेको छ । 

    अहिलेसम्म विस्फोटको योजनामा संलग्न १५ जनालाई नियन्त्रणमा लिइएको र नेपाल बन्दका नाममा केही शङ्कास्पद घटनाबाहेक बन्दको प्रभाव न्यून रहेको विज्ञप्तिमा भनिएको छ । 

    आइतबार विभिन्न स्थानमा भएका बम विस्फोटका घटनामा चार जनाको मृत्यु र सात जना घाइते भएका थिए । उनीहरु सोही समूहका कार्यकर्ताहरु नै रहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको पनि मन्त्रालयले जनाएको छ । विभिन्न स्थानमा विप्लव समूहले राखेको विस्फोटनको तयारीलाई सुरक्षाकर्मीले निस्तेज पारेको बताइएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्