११ असार २०८३, बिहीबार

जागिरे आमाबाबुका सन्तानमा नकारात्मक असर पर्छ

जेठ १४, २०७६
जागिरे आमाबाबुका सन्तानमा नकारात्मक असर पर्छ

काठमाडौं– अभिभावकको रोजगारीले बालबालिकालाई के दिन्छ ? सबैको जवाफ हुन्छ लालनपालन तर रोजगारीका नाममा कामको पछि दौडिएर छोराछोरीलाई समय नदिदाँ उनीहरूको जीवनलाई कसरी मनोवैज्ञानिक असर गर्छ भन्ने कहिले सोच्नुभएको छ ?
संयुक्त राज्य अमेरिकाको ड्रेक्सेल विश्वविद्यालयका अनुसन्धानकर्ता जेफ ग्रिनहोले अभिभावक माझ गरिएको सर्वेक्षणलाई आधार बनाएर काम र पारिवारिक जीवनबीचको सम्बन्ध खोजेका थिए । 
अध्ययनमा २५ देखि ६३ वर्ष उमेरका विभिन्न व्यवसायमा संलग्न अभिभावकलाई समेटिएको थियो । अध्ययनको निष्कर्षले अभिभावकहरू डिजिटल माध्यममा व्यस्त रहँदा बालबालिकालाई नकारात्मक असर पर्छ भन्ने देखाएको छ । 
अभिभावकले काममा व्यस्त रहेर बालबालिकालाई समय नदिनु नै सबैभन्दा ठूलो नकारात्मक पक्ष हो । मनोचिकित्सक रिचा अमात्य भन्छिन्, “हामी काममा यति धेरै व्यस्त हुन्छौँ कि कार्यर्यालयको काम पनि घरमा गर्छौ जसले गर्दा बाल मस्तिष्कमा आमाबुबाले माया नगर्ने जस्ता सोचाइ आउँछ । गोरखापत्रमा विस्तृतमा खबर छापिएको छ।  

salt training

कमेन्ट गर्नुहोस्