
एजेन्सी- बलिउड अभिनेता अभय देओल पर्दाबाट टाढा भएका छन् ।
अभय देओलले बलिउडमा केही हिट फिल्म दिएका छन् । यद्यपि आजकाल उनी पर्दामा निकै कम देखिन्छन् ।
हालका दिनमा उनी आफ्नो आगामी वेब सिरिज 'चपस्टिक'का कारण चर्चामा छन् । केही दिनअघि मात्र त्यसको ट्रेलर रिलिज गरिएको थियो । उनी अहिले त्यसैको प्रमोशनमा व्यस्त छन् ।
प्रमोशनकै क्रममा अभयले आफ्नो पीडा सुनाएका छन् । उनले आजकाल आफूले काम नपाएको बताए ।
बलिउडमा उनलाई कसैले अफर गरेका छैनन् । उनले भने, 'मलाई कसैले पनि काम दिइरहेका छैनन् ।'