१३ असार २०८३, शनिबार

धुर्मुस रोएको घटनामा 'प्रचण्ड'पुत्री मेयर रेणु दाहालले खोलिन् मुख

धुर्मुस रोएको घटनामा 'प्रचण्ड'पुत्री मेयर रेणु दाहालले खोलिन् मुख

काठमाडौँ - निर्माणाधीन क्रिकेट रंगशाला विवादमा भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले मुख खोलेकी छिन् । बिहीवार साँझ एक विज्ञप्ति जारी गर्दै दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थलमा केही अराजक व्यक्तिको नेतृत्वमा भएको तोडफोडको भ्रत्सना गरेकी छिन् ।

'सुनियोजित रूपमा घटेको आपराधिक घटनाको घोर निन्दा एवं भ्रत्सना गर्न चाहन्छु,' विज्ञप्तिमार्फत दाहालले भनेकी छिन्, 'महानगरको तर्फबाट यस गैर-कानूनी कार्यमा संलग्न व्यक्तिहरूलाई हदैसम्मको कानूनी कारवाही र क्षतिको एकिन गरी बिगो बमोजिम क्षतिपूर्ति भराउने कार्यका लागि सम्बन्धित निकायलाई अनुरोध गर्दछु ।'

दाहालले जनस्तरको सहयोगबाट निर्माण गर्न लागिएको राष्ट्रिय गौरवको आयोजना निर्माण कार्यलाई निरन्तरता दिन धुर्मुस सुन्तली फाउन्डेसनलाई अनुरोध समेत गरेकी छिन् ।

निर्माणाधीन क्रिकेट रंगशालामा डोजर ल्याएर तोडफोड गरेपछि अभियन्ता सिताराम कट्टेल 'धुर्मुस' रोएको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

हेर्नुहोस् विज्ञप्ति -  

salt training

कमेन्ट गर्नुहोस्