
काठमाडौं – नेपालले संविधान जारी गर्ने बेलामा भारतका तत्कालीन विदेशसचिव एस जयशंकर नेपाल आएर संविधान घोषणालाई टार्नका लागि नेताहरूलाई दबाब दिएको घटना नेपालीहरूले अझै भुलेका छैनन् ।
तर नेपाली नेताहरूले जयशंकरको चेतावनीलाई बेवास्ता गर्दै संविधान जारी गरेपछि भारतले नेपालमाथि चार महिनासम्म आर्थिक नाकाबन्दी लगाएको थियो ।
नेपालमाथि नाकाबन्दी लगाउने योजनाका एक योजनाकार एस जयशंकरलाई प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो दोस्रो कार्यकालमा मन्त्री केन्द्रीय मन्त्री बनेका छन् ।
बिहीवार दिउँसो जयशंकर प्रधानमन्त्री मोदीलाई भेट्न गएपछि उनी मन्त्री बन्ने सम्भावना बलियो देखिएको थियो । स्थानीय समयअनुसार साँझ ७ बजे भएको सपथ ग्रहण कार्यक्रममा उनले मन्त्री पदका लागि सपथ लिएका हुन् ।