२१ जेठ २०८३, बिहीबार

वृद्धभत्ता बढेपछि ज्येष्ठ नागरिक आन्दोलन अन्त्य, सरकारको जयजयकार

वृद्धभत्ता बढेपछि ज्येष्ठ नागरिक आन्दोलन अन्त्य, सरकारको जयजयकार

काठमाडौं । सरकारले ज्येष्ठ नागरिकको भत्ता मासिक तीन हजार रूपियाँ पु¥याएसँगै गत आठ वर्षदेखि मिनभवनमा आन्दोलनरत ज्येष्ठ नागरिक आन्दोलन अन्त्य भएको छ । 
ज्येष्ठ नागरिकको सेवा सुविधा र हकहितका लागि २०६७ साल फागुन २४ गतेदेखि शुरू भएको सडक आन्दोलन बिहीबारदेखि समाप्त भएको घोषणा गरिएको हो । 
बिहीबार मीनभवनमा जम्मा भएका करिब दुई सय ज्येष्ठ नागरिकले सरकारको जयजयकार गर्दै आफूहरूको सडक आन्दोलन समाप्त भएको र अबको आन्दोलनको स्वरूप परिवर्तन गरिने बताए । 

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव वीरबहादुर राईलेज्येष्ठ नागरिकको धर्ना स्थलमै पुगी धर्नाको ब्यानर झिकेर ज्येष्ठ नागरिकको आन्दोलन समाप्त भएको घोषणा गरे । गोरखापत्र दैनिकमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्