२३ असार २०८३, मंगलबार

दिल्लीमा देखिएको ओली र मोदीको 'क्याटवाक'ले के संकेत गर्ला ?

दिल्लीमा देखिएको ओली र मोदीको 'क्याटवाक'ले के संकेत गर्ला ?

काठमाडौँ - प्रधानमन्त्रीको दोस्रो कार्यकालका लागि सपथ खाएको भोलिपल्ट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको भेटवार्तामा दुवै प्रधानमन्त्री सहज र खुसी देखिएका छन् । दुवैको अनुहारमा भातृत्वको 'कान्ति' देखिएको छ ।

कुनै बेला मोदीको नेपाल नीतिको विरोध गर्ने ओलीले मोदीसँगको भेटमा देखाएको हँसिलो हाउभाउले एकातर्फ सम्बन्ध पूर्ण रूपमा सुध्रिसकेको बताउँछ भने अर्कोतर्फ मिलेर अगाडि बढ्ने संकेत देखिएको प्रष्ट पारेको छ ।

'सबका साथ, सबका विकास' लाई आफ्नो मूलमन्त्र बनाएका मोदीले 'सुखी नेपाली, समृद्ध नेपाल'लाई राष्ट्रिय आकांक्षा बताएका ओलीसँग आफ्ना धेरै कुराहरू मिल्ने यसअघि बताईसकेका छन् । दिल्लीमा आज देखिएको दुवैको 'क्याटवाक'ले भविष्यमा नेपाल-भारत सम्बन्धलाई कसरी परिभाषित गर्ला ? त्यो भने हेर्न बाँकी छ ।  

  

salt training

कमेन्ट गर्नुहोस्