०७ असार २०८३, आइतबार

स्वचालित पेस्तोलसहित १ जना पक्राउ

स्वचालित पेस्तोलसहित १ जना पक्राउ

धनुषा – अटोमेटिक पेस्तोलसहित धनुषामा मनोज महतोलाई प्रहरीले पक्राउ गरेको छ ।

बटेश्वर गाउँपालिका–१ त्रिपुरा बस्ने २८ वर्षीय मनोज महतोलाई ‘मेड इन इन्डिया’ लेखिएको स्वचालित पेस्तोल १ थानसहित बिहीवार राति प्रहरीले पक्राउ गरेको हो ।

रामसोगारथ महतोको नाममा सञ्चालनमा रहेको ऋतिका बालुवा डिपो सेन्टरमा १५ प्रतिशत लगानी गरी बडहरी खोलामा अवैध रुपमा मापदण्ड विपरीत खोला उत्खनन् गरेको भनी स्थानीयले विरोध गर्दा हतियार देखाई तर्साउँदै आएका ईलाका प्रहरी कार्यालय ढल्केबर धनुषाबाट खटिएको प्रहरी टोलीले महतोलाई पेस्तोलसहित पक्राउ गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्