२५ जेठ २०८३, सोमबार

रेडक्रसलाई थप प्रभावकारी बनाउन आवश्यक छ– गृहमन्त्री बादल

रेडक्रसलाई थप प्रभावकारी बनाउन आवश्यक छ– गृहमन्त्री बादल

काठमाडौं – गृहमन्त्री रामबहादुर थापा‘बादल’ले नेपाल रेडक्रस सोसाइटीलाई थप प्रभावकारी रूपमा काम गर्न आग्रह गरेका छन् ।

रेडक्रसको नयाँ केन्द्रीय कार्यसमितिका पदाधिकारीहरूसँग आज गृह मन्त्रालयमा भएको छलफलमा गृहमन्त्री थापाले कार्यसमितिमा अनुभवी टीम आएको भन्दै संस्थाले थप सक्रिय भएर कामगर्ने विश्वास व्यक्त गरे ।

रेडक्रसले स्वास्थ्य, विपद् व्यवस्थापन लगायतका क्षेत्रमा खेल्दै आएको भूमिकाको चर्चा गर्दै मानविय सेवामा रेडक्रसको भूमिका  सराहनिय रहेको उनले बताए ।

उनले गृहमन्त्रालय र रेडक्रसबीच विगतदेखि नै सहकार्य रहेको टिप्पणी गर्दै नयाँ कार्यसमतिलाई समेत गृह मन्त्रालयबाट बाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

सोसाइटीका अध्यक्ष डा. विश्वकेशर मास्केले रेडक्रसको नयाँ कार्यसमिति गठन गर्न गृहमन्त्रालयले खेलेको भूमिकाका लागि गृहमन्त्रीलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा नेपालको रेडक्रसलाई दक्षिण एसियाकै उत्कृष्ट बनाउने गरी आफुहरूले काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यही जेठ ६ गते डा. मास्केको अध्यक्षतामा नेपाल रेडक्रस सोसाइटीको १७ सदस्यीय तदर्थ समिति गठन गरिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्